• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
अन्तर्राष्ट्रिय News
ईराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको नयाँ दिल्लीमा उद्धार
भारत । भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको दिल्ली महिला आयोगले उद्धार गरेको छ । गए राति दिल्लीबाट युवतीको उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमा उल्लेख गरेकी छन । उनीहरुलाई दिल्ली हुँदै इराक तथा कुवेत लैजान लागिएको बताइएको छ । एउटा सानो कोठामा ...
ग्रिसमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु
एजेन्सी ।  ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीक...
उत्तर कोरियाद्वारा प्रमुख क्षेप्यास्त्र परिक्षण एवं प्रक्षेपणस्थल नष्ट गर्ने प्रक्रिया सुरु
एजेन्सी । उत्तर कोरियाले प्रमुख क्षेप्यास्त्र परिक्षण एवं प्रक्षेपणस्थल नष्ट गर्ने प्रक्रिया सुरु गरेको छ । पारमाणविक प्रक्षेपण केन्द्र सोहयस्थित रकेट प्रक्षेपण स्थलमा भएका क्रियाकलाप स्टाटलाईटबाट खिचिएका तस्विरमा सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाका क्रियाकलापमाथि निगरानी गर्ने ...
पाकिस्तानमा हिंसात्मक गतिबिधी बढ्दो
एजेन्सी ।  पछिल्लो समय पाकिस्तानमा जुलाई २५ मा हुने निर्वाचनलाई लक्षिात गरी हिंसात्मक गतिबिधी बढ्दै गएको छ । हिजो पनि फेरी गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण  भएको छ । सोही क्रममा आमनि निर्वाचनका उम्मेदवारको मृत्यु भएको छ । घटनामा अर्का एक जना प...
जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
एजेन्सी । जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि सावधानी अपनाउन आह्वान गरिएको छ । विगत दुई सातायता गर्मीसँग सम्बन्धित समस्याका कारण हजारौ मानिस अस्पताल पुगेका छन् । मध्य जापानमा तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । जापानमा यो तापक्रम पाँच वर्षयताकै सबैभन्दा बढी हो । क्यूटोमा ...
गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्के
एजेन्सी । थाइल्यान्डको उत्तरी चियाङ राइ प्रान्तको ताम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्केका छन् । वाइल्ड वोर्स जुनियर फुटबल टोलीका ती सदस्यहरु अस्पताल छाड्नुअघि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । आफूलाई उद्धार गर्ने थाई नेभी सिलका सदस्यसहित...
टर्की सरकारद्वारा विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषणा
एजेन्सी । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषणा गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दाेआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो । यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन...
भारतको उत्तर प्रदेशमा दुई वटा भवन भत्किँदा  दुई जनाको मृत्यु
एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडामा दुई वटा भवन भत्किँदा केही मान्छे थिचिएको आशंका गरिएको छ । अहिलेसम्म भवनले थिचेको अवस्थामा दुई जनाको शव निकालिएको बीबीसीले जनाएको छ । ग्रेटर नोएडाको शाह बेरी गाउँमा मंगलबार राति यो घटना भएको हो । भत्किएका भवनमा एउटा निर्माणाधीन भवन थियो भने अ...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरेका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुक...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन् । फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताकाक्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइविपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कार...