• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
राष्ट्रिय
नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन
खगेन्द्र भट्टराई प्रकाशित मिति: मंगलबार, चैत्र ८, २०७८

चैत्र ८ | नेपालको लोकप्रिय  मोबाइल  एप्लिकेसन "नेपाली पात्रो"मा रेडियो हिमशिखर प्रशारण भएको छ ! मासिक एक करोड भन्दा  धेरै प्रयोगकर्ता रहेको यस  लोकप्रिय  मोबाइल  एप्लिकेसनमा आज बाट रेडियो हिमशिखर  प्रशारणमा आएको हो।

 स्थानीय, राट्रिय तथा अन्तराट्रिय  सूचना, संगीत, मनोरन्जनको सम्भाहक रेडियो हिमशिखर  103.3 मेगाहर्ज 2073 साल बाट प्रशारणमा  आएको हो ! नेपालमा डिजिटल प्रविधिको  विकास  सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्रिय रेडियो आझ धेरै स्रोता माझ  सहज  सुन्न सकिने भएको छ ।

नेपालमा समाज रुपान्तरण तथा स्थानिय विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको हुदा रेडियो हरुलाई नया प्रविधिको प्रयोग गरि धेरै नेपाली माझ  पुर्‍याउने लक्ष्य रहेको "नेपाली पात्रो"का  आशिस कार्कीले बताउनुभयो !  "नेपाली पात्रो" एप (Nepali Patro)  नेपालको पहिलो  सामुदायिक एप हो !

मासिक एक करोड भन्दा  धेरै प्रयोगकर्ता रहेको यो एपमा नेपाली तिथी-मिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा सुभ साइतको  बिस्तृत बिबरण, तपाई को दैनिक, साप्ताहिक, मासिक  तथा बार्षिक  राशिफल जानकारी पाउन  सक्नु हुनेछ। 

यस्तै   स्थानीय, रास्ट्रीय तथा अन्तरास्ट्रिय ताजा  समाचार, नेपाली एफ. एम. तथा अनलाइन रेडियोहरु, नेपाली विनिमय दर, सुन-चादीको दर रेट , मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा  लगाएत  अन्य  धेरै   सुविधाहरु लोकप्रिय  मोबाइल  एप्लिकेसन "नेपाली पात्रो" बाट जानकारी लिन सकिन्छ !

Comments