• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस
धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल चलाउने तयारी
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८

जनकपरधाम |  धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल चलाउने तयारी भएको छ 
रेल सेवा सञ्चालन हुने भएपछि धनुषाको जनकपुरधाम, औरही, जनकनन्दनीसहित विभिन्न पालिकाका बासिन्दा खुसी भएका छन् ।

रेल्वे लिकको काम सकिएको लामो समय भइसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बस्नुपरेका बेला अबको केही दिनमै रेल चल्ने कुराले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताउनुभयो ।

नेपाल रेल्वे कम्पनीले केही दिन अगाडि रेलको परीक्षण गरेको थियो । रेलका लागि जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताउनुभयो ।

 २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म झण्डै ३५ किलोमिटर चल्ने रेल सेवाका लागि सामान्य सिटमा ७० र एसी सिटका लागि तीन सय रुपैयाँ भाडा निर्धारण गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

Comments