• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
राष्ट्रिय
बर्षा र हिमपातले देशका विभिन्न ठाउको जनजीवन कष्टकर
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८

माघ २१ ||  बर्षा र हिमपातले देशका विभिन्न ठाउको जनजीवन कष्टकर भएको छ  ।

 पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसगै काठमाण्डौ उपत्यकाका शिवपुरी, फुल्चोकी र चन्द्रागिरिका साथै मकवानपुरको दामन र सिमभञ्ज्याङमा हिउ परेको छ ।

हिमपात धेरै भएका क्षेत्रमा यातायात सेवा समेत प्रभावित भएका छन् । त्रिभुवन राजपथको सिमभञ्ज्याङ्ग र अघोरमा बाक्लो हिउ परेपछि हेटौडा–काठमाण्डौ यातायात बन्द भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन राजपथमा यातायात बन्द भए पनि पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा चलिरहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका ठाउँमा हिमपात हुदा गाडी चल्न नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । त्यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ क्षेत्रमा भएको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यसैबीच कर्णली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।

वर्षा र हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने खुसी भएका छन् । गहुँलगायत हिउदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।
 

Comments