• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
राष्ट्रिय
नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि थप ४ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८

०५ माघ |  नेपालमा बुधबार ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १८ हजार ७८ पिसिआर परिक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ ।

त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् ।

हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

Comments