• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
राष्ट्रिय
बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहीको भिड उच्च
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८

मोरङ ५ माघ | कोरोनाको संक्रमण दर विराटनगरमा दिनप्रति दिन बढिरहेको छ । नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहीको निक्कै भिड छ ।

बिभिन्न कामको सिलसिलामा आएका सेवाग्राहीले त्यही भिडको बिचमा आफ्नो काम गर्नुपरिरहेको छ । सरकारी नीति नियम पालना गराउने निकायले नै भिड ब्यवस्थापन गर्न सकेको देखिँदैेन थियो ।
जुनसुकै कामको लागि भिडमा लाईन लाग्नु पर्ने बाध्यताका बिच पनि सेवाग्राही कोभिडको प्रवाह नगरि आफ्नो सेवा लिँदै थिए । सबैभन्दा बढी भिड नागरिकता लिन आउने सेवाग्राहीको हुने गरेपछि जिल्ला प्रशासन कार्यालयले अब आलोपालो सेवा दिने तयारी गरेको जनाएकोछ ।

डिसिसिएमसीको बैठकले तत्काललाई सेवा नागरिकसम्म पुर्याउनको लागि र भिड कम गर्नको लागि पालिकागत रुपमा आलोपालो गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिनुभयो ।

माघ ५ गतेदेखि प्रशासन कार्यालयले आलोपालो सेवा दिन लागेकोले सेवाग्राहीलाई त्यही अनुसारले जानकारी दिने काम भईरहेको उहाँले बताउनुभयो  ।

जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउने, राहदानी बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने र नागरिकता लिनेहरुको बढी भिड देखिन्छ । अरु सेवाहरु यथावत रहने छ भने नागरिकता लिने ठाउँमा बढी भिड हुने गरेकाले नागरिकता लिने सेवाग्राहीको लागि मात्र पालो लगाईएको तिम्सिनाले बताउनुभयो ।

सुचना अधिकारी तिम्सिनाका अनुसार आईतबार र बुधबार सुन्दरहरैँचा नगरपालिका, बुढिगंगा र जहदा गाउँपालिका, सोमबार र बिहिबार बिराटनगर महानगरपालिकासहित धनकाल र कटहरी गाउँपालिकालाई सेवा दिईनेछ ।

त्यस्तै मंगलबार र शुक्रबार बेलवारी नगरपालिका, केरावारी र ग्रामथान गाउँपालिकाका सेवाग्राहीले सेवा पाउनेगरि पालो लगाईएको छ । 

Comments