सुनसरी | सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर सरकार समन्वयको अभाव र कार्यालय प्रमुखको सिग्र सरुवाका कारण अतिक्रमणको चपेटामा पर्दै आएको छ । एक समय एक्सनमा उत्रने र वर्षौँसम्म मौन रहने प्रवृत्तिका कारण यो सिँचाइ आयोजनाको नहरमा बस्दै आएका सुकुमबासीलाई हटाउन समस्या देखिएको छ ।
सुनसरी र मोरङका ६८ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाई सेवा पुर्याउने हेतुका साथ निर्माण गरिएको सुनसरी मोरङ सिँचाइ आयोजना अतिक्राणको चपेटामा पर्दै आएको छ ।
सन् १९६४ मा निर्माण सुरु भइ १९७२ मा सम्पन्न भएको यो सिँचाइ आयोजनाको नहरको दायाँबाँया सुकुमबासीहरु बस्नाले अतिक्राणमा परेको हो । २०७२ सालमा ठूलो सरकारी धन राशी खर्चेर यहाँको बस्ती हटाइएको थियो । गत वर्ष पनि डोजर नै लगाएर यहाँका घरहरु भत्काइएको थियो ।
घर भत्काइएको केहि समय सम्म नजिकै रहको नीजि जग्गामा आश्रय लिएर बसेका स्थानीयहरु अहिले पुनःनहर किनारमा नै फर्किएका छन् । एक समय घर भत्काउने अनि वर्षौँसम्म केहि नगर्ने प्रवृत्तिकै कारण सुकुमबासी यो ठाउँ छोड्न आनाकानी गर्दै आएका छन् । अन्यत्र जग्गा व्यवस्थापन गरिदिए बसाइ सर्ने आसय सुकुम्बासीको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतारा धामदेखि मोरङको केरौन सम्म ५३ किलोमिटर लामो यो सिँचाइ आयोजनाले सुनसरीका तीन स्थानीय तह र मोरङका चार स्थानीय तहलाई सिँचित गर्दै आएको छ । सुकुमबासी हटाउन नसक्नुको अर्को प्रमुख कारण भने यहाँ आउने प्रमुखको समय अवधि हो । कोहि यो कार्यालय प्रमुखको जिम्मेवारी लिएर आए मुस्कीलले दुई देखि तीन महिनासम्म मात्रै टिक्ने गरेका छन् ।
कार्यालयको जिम्मेवारी सम्हालेर बस्नु भएका सुनसरी मोरङ सिँचाइ आयोजनाका निमित्त प्रमुख भिलानन्द यादब आफ्नो जिम्मेवारी कटिबद्ध भएर पुरा गरीरहेको बताउनु हुन्छ ।
तीन तहका सरकार विच स्वस्थ अन्तर समन्वय नहुँदा पनि यो नहरले अतिक्रमण सहनु परिरहेको छ । सुकुमबासीबाट नहरको स्वामित्व फर्काउने सम्बन्धमा पटक–पटक जिल्ला प्रशासन कार्यालयमा छलफल तथा बैठक सञ्चालन हुँदा पनि माथिल्ला सरकारले चासो नदेखाउँदा समस्या जिउँकातिउँ रहेको स्थानीय सरकारको आरोप छ ।
तत्कालै नहरमा रहेका सुकुमबासीलाई अन्यत्र व्यवस्थापन गर्न नसकेको खण्डमा अतिक्रमण अझै बढ्ने देखिन्छन् । त्यसैले एक अर्कालाई दोसारोपण गर्नु भन्दा समन्वयात्मक भूमिका खेल्दै यो समस्या समाधानमा लाग्ने कि ।