• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
मोफसल समाचार
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जना संक्रमित, थप ११ जनाको मृत्य
प्रकाशित मिति: बुधबार, भाद्र २, २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र ते¥हथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७–७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३–३, मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रंगेली र मिक्लाजुङमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सुर्योदय र सन्दकपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्दमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, तेह्रथुमको म्याङलुङमा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
 

Comments