झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परि निधन भएको छ । उनको चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परि निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।
प्रसाई बिर्तामोडबाटआफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा कार अनियन्त्रित भई देवकाेटा चाेकस्थित देवकाेटाकाे शालिक कम्पाउण्डकाे वालमा ठाेक्किएर दुर्घटनामा परेको जनाईएको छ ।
दुर्घटना परेर गम्भिर घाइते भएका प्रसाईको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।। प्रसाई बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान हुन् ।