संखुवासभाको तुम्लिीङटार विमान स्थल दुई महिना पछि संचालनमा आएको छ । कोरोनाको दोश्रो लहर समुदाय स्तरसम्म फैलिएपछि गत बैशाख १८ पछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । स्वास्थ्य मापदन्ड अपनाएर हिजोबाट उडान सुचारु गरिएको हो ।
अब बुद्ध एयरको ४७ सिटे जहाजले नियमित उडान भर्ने तुम्लिङटार नागरिक उड्डयन कार्यालयले जनाएको छ । यस अघि बुद्ध र यतिका साना जहाजले तुम्लिङटार काठमाण्डौ उडान भर्दै आएको थियो ।
यति एयरले भने तत्काल उडान नभर्ने जनाएको छ । तुम्लिङटारमा १८ सिटे जहाजले उडान गर्दे आएपनि अब बुद्धका ४७ सिटे र ७२ सिटे जहाजले स्वास्थ्य मापदन्ड अपनाएर नियमित उडान गर्ने भएको हो ।