• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
राष्ट्रिय
पर्सामा ४० किलो गाँजासहित दुई जना पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ १६, २०७८

४० किलो गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।

प्रहरीले मकवानपुर राक्सीराङ गाउँपालिकाका ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजालाई पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरू दुबै जना शंकास्पद रूपमा हिँडिरहेका पाएका थिए। शंका लागेर उनीहरूमाथि जाँच गर्दा गाँजा फेला परेको हो।

 

उनीहरूले तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजा प्रहरीले फेला पारेको थियो। प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Comments