• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
रुपा सुनार प्रकरण: शिक्षामन्त्रीलाई मानव अधिकार आयोगको स्पष्टिकरण
प्रकाशित मिति: बुधबार, आषाढ १६, २०७८

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई स्पष्टिकरण सोधेको छ ।सञ्चारकर्मी रुपा सुनार प्रकरणपछि विवादमा तानिएपछि मंगलबार आयोगले कार्यालयमा बोलाएर स्पष्टिकरण सोधेको हो । बहालवाला मन्त्री नै जातिय छुवाछुत जस्तो कार्यमा संलग्न भएर घटनाको अनुसन्धान नै प्रभावित पारेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो ।

आयोगका सह–प्रवक्ता लोकनाथ बाँस्तोलाले आयोगमा पुगेका मन्त्री श्रेष्ठले गल्ती स्वीकार गरेको बताए । आयोगले यसबारे विज्ञप्ति जारी गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ ।जातका कारण डेरा नदिएको आरोपमा बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधानलाई असार ९ गते थुनामुक्त गरेको थियो ।थुनामुक्त भएकी प्रधानलाई मन्त्री श्रेष्ठले बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर बबरमहल छाडेका थिए ।

Comments