• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
राष्ट्रिय
नायक पल शाह ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित
प्रकाशित मिति: बुधबार, आषाढ १६, २०७८

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो ।

यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो ।सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरियो । नायक शाहले यो सम्मानले आगामी दिनमा पनि आफूलाई सामाजिक काममा लाग्नका लागि प्रेरणा दिएको बताए । पलले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको ‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै सरकारले लाजमर्दो काम गरेको बताए ।

नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले, बाढी प्रभावितहरुका लागि पनि सहयोग वितरण गरेका थिए ।

Comments