• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
खेलकुद
साबिक विजेता पोर्चुगललाई पाखा लगाउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८

बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।स्पेनको सेभियामा आइतबार राति भएको प्रिक्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।

बेल्जियमलाई जीत दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन्। जीतसँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ। पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम समूह चरणमा समूह बी को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो।

Comments