• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
उपत्यकामा निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७८

उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने बताए ।

 

 

प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ ।व्यवसाय पनि बार अनुसार चलाउन दिइएको छैन।

Comments