• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
लाइसेन्सको नयाँ व्यवस्था साउनदेखि, लिखित परीक्षामा हुनेछन् यस्ता प्रश्नहरु
प्रकाशित मिति: बिहीबार, आषाढ १०, २०७८

यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।

एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरेको हो ।

जेठ १ गतेदेखि नै लागु भएको कार्यविधि कोरोना महामारीका कारण लाइसेन्स सम्बन्धी सेवा बन्द रहेकोले साउन १ गतेदेखि कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षामा पनि केही खुकुलो बनाइएको छ । प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अङ्क तोकिएको छ । त्यसमध्ये ७० अङ्क ल्याउने व्यक्ति उत्तीर्ण हुन्छ ।

नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक संकेतको पालना नगरेमा १५ अङ्क घट्छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्नेछ ।

 

संकेत चिन्ह छोएमा, खुट्टाले भुँइमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरक फरक अङ्क घट्ने व्यवस्था छ ।यस्तै नयाँ व्यवस्था कार्यान्वयन भएपछि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेहरुलाई एक वर्षको लागि परीक्षण लाइसेन्स दिइनेछ ।

परीक्षण कालको एक वर्षमा पाँच पटकसम्म सवारी नियम उलंघन गरेमा त्यो व्यक्तिले पुनः परीक्षा दिनुपर्छ । यस्तै नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ । प्रयोग गर्ने सवारी साधन भने यातायात व्यवस्था विभागले तोकेको मापदण्ड भित्रको हुनुपर्नेछ ।

हेर्नुस् मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि साेधिने प्रश्नहरु

 

Comments