• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
राष्ट्रिय
जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८

३ जेष्ठ, झापा ।  जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो  । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

दिवसका अवसरमा एमाले अध्यक्ष केपी ओली लगाएतका नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष  ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए ।

एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए ।

लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

Comments