• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता
प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८

२२ बैशाख, झापा ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले  जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको प्रमुख सचेतक  गुरुङले जानकारी दिनुभयो  । 

हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत केपी शर्मा ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउन पत्र बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रको ४९ सांसद रहेको छ । समर्थन फिर्ता लिएसँगै सरकारसँग अब नेकपा एमालेका एक सय २१ सांसद मात्रै रहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन दुई सय ६७ सांसदमध्ये एक सय ३६ सांसद आवश्यक पर्ने हुन्छ । जसमध्ये अरु दलका १५ सांसदको साथ भए प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार टिकाउन सक्नुहुन्छ ।

तर, नेकपाभित्रकै खनाल–नेपाल समूह पनि ओलीको विकल्प खोजिरहेकोले विश्वासको मत लिन प्रधानमन्त्री ओलीलाई सहज छैन ।
 

Comments