• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
मोफसल समाचार
इलाम सदरमुकाममा निषेधाज्ञा
प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८

२२ बैशाख, झापा ।  इलाम जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणदर बढेपछि आज बाट लागुहुने गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ । 

केन्द्रले सदरमुकामस्थित ठुलो टुँडिखेलदेखि जिरोकिलोमिटर र टुँडिखेलदेखि इलाम बजार हुँदै धोबिधारासम्मको क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ । अत्यावश्यक सेवाबाहेकका सवारी साधनसमेत नचलाउने गरी सूचना गरे सगै निषेधाज्ञाको पहिलो दिन बुधबार सदरमुकाम सुनसान देखिएको छ ।

मानिसको चहलपहलमा कमी आएको छ भने अत्यावश्यक बाहेका सवारी समेत कुदेका छैन्न । यस्तै कोरोना संक्रमण बढेककै कारण इलाम उद्योग वाणिज्य संघले सदरमुकामका पसलहरू बुधबारदेखि बन्द गराएको छ । संघले बिहान ७ बजेदेखि १० बजेसम्म मात्र पसल खुला राख्ने र बाँकी समय बन्द गर्ने निर्णय गरी व्यवसायीलाई सूचित गरेको हो ।  

उता यातायात व्यवसायीको संस्थाले पनि एक सातासम्मका लागि सवारीका साधन नचलाउन व्यवसायीलाई आग्रह गरेको छ । पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवा प्रालिले अत्यावश्यक बाहेकका सवारी साधन बन्द गर्न, सञ्चालन गरेका सवारीमा पनि भौतिक दूरी कायम गर्न, मास्क, सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको हो ।  

इलाम नगरपालिकामा मंगलबार २ जना थपिएसँगै जिल्लामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लामा मंगलबार १७ संक्रमित थपिएका थिए ।

यो सँगै जिल्लामा कूल संक्रमितको संख्या ७१ पुगेको छ ।

Comments