• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
स्वास्थ्य
कोभिड हस्पिटललाई सहयोग
प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८

२२ बैशाख, झापा ।  झापाको दमक २ बेलगाडीमा रहेको  कोरोना उपचार केन्द्रमा औषधि तथा अन्य सामाग्रीको सहयोग गरिएको छ । 

दमकमा रहेको प्यासिफिक  फर्मले कोभिड अस्पतालमा उपचार गराइरहेका विरामीहरुको सहजताका लागि विभिन्न औषधी तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो । फर्म सञ्चालक लोमस न्यौपाने र टेकराज न्यौपाने सहितको टोलिले उपचार केन्द्रमै गएर ती समाग्री हस्तान्तरण गरेको हो । संक्रमितको उपचारमा  सहयोग होस र रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने गरिका ३ लाख ८ हजार बराबरका स्वास्थ्य सामाग्री प्रदान गरिएको प्यासिफिक फर्मका  सञ्चालक  लोमश न्यौपानेले जानकारी दिनुभयो ।

अहिले यो अस्पतालमा ३ जना संक्रमितको उपचार भै रहेको छ । ३० बेडको क्षमता रहेको उपचार केन्द्रमा सबै बेडमा पुग्ने गरिको अहिले अक्सिनको प्रवन्ध मिलाइएको नगरकी उप प्रमुख गीता अधिकारीले बताउनु भयो ।  निशुल्करुपमा सेवा प्रवाह हुने यस उपचार केन्द्रमा यस प्रकारका सहयोगले उपचार केन्द्रमा उपचार गराउने विरामीलाई  सहज हुने  उप प्रमुख अधिकारीले बताउनु भयो ।

दमकमा पछिल्लो सयम  संक्रमितको संख्या हरेक दिन उच्च दरमा बृद्धि भै रहेकोलेक स्वास्थ्य सम्बन्धीका  सबै मापदण्ड  पालना गर्न सबै नगरबासीहरुलाई उहाँले अनुरोध समेत गर्नु भएको छ ।

दमकका संक्रमितलाई सकेसम्म दमकमै उपचार गराउने प्रवबन्ध मिलाउन  विभिन्न योजना र काम गरिरहेको पनि  उप– प्रमुख अधिकारीले सुनाउनु भयो ।

Comments