• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
मोफसल समाचार
चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु
प्रकाशित मिति: मंगलबार, बैशाख २१, २०७८

२१ बैशाख, झापा ।  झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असइ)को मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाले  जनाएको छ । राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्लाका डिएसपी राकेश थापाले बताए ।

चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको ओमसाइ पाथीभरा हस्पिटल ल्याएपनि उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेको थापाले  जनाए ।गस्तीमा उनीसहित दुईजना निस्केका थिए । सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ ।

मृतक ठाकुर सो चौकीका प्रमुख थिए ।

Comments