• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
मोफसल समाचार
ताप्लेजुङमा एक साता निषेधाज्ञा
प्रकाशित मिति: मंगलबार, बैशाख २१, २०७८

२१ बैशाख, झापा ।  हिमाली जिल्ला ताप्लेजुङमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा वृद्धि हुँदै गए पछि सोमबार साँझदेखि निषेधाज्ञा लागु गरिएको छ । 
 

संक्रमणको नियन्त्रण र जोखिम न्युनिकरणका लागि ७ दिन सम्म निषेधाज्ञा लागु गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ मा पर्ने लिङ्खीम वारी फुरुम्बु क्षेत्र, सिकैचा वारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्ला भित्र निषेधाज्ञा लागु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । निषेधाज्ञा लागु भए संगै यि क्षेत्र सुनसान बनेकाछन् ।  

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विमा एवम राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्वन्धित माथील्लो तहको स्वीकृति लिई आलोपालो सेवा दिन साथै अत्यावस्यक बाहेकका सेवा हाललाई स्थगित गर्न समेत अनुरोध गरिएको छ ।

ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २० रहेको छ भने ३ जनाको संक्रमणकै कारण ज्यान गएको  छ ।

Comments