• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
स्वास्थ्य
८ वर्षदेखि खोरमा बालक
प्रकाशित मिति: मंगलबार, बैशाख २१, २०७८

२१ बैशाख, झापा ।  एकान्त गाउँमा एउटा घर । घरको छेउपट्टी सानो मतान । मतानको मुनिबाट बाँसको भाटाले बारेको खोर । भत्कन लागेको खोरभित्र एउटा बालक चारपाउ गरिरहेको दृश्य निकै दर्दनाक देखिन्छ । ती बालक चार पाउ गरेर चुपचाप खोरभित्र वरपर गरिरहन्छन् । उनको बोली आउँदैन । यी बालकले खोरभित्र पशुतुल्य जीवन विताएको आठ वर्ष भइसकेछ।

हिलिहाङ गाउँपालिका ६ किवाका भीमप्रसाद थोक्लिहाङका १२ वर्षीय नाति सुसन विगत आठ वर्षदेखि खोरमा थुनिएका हुन् । भीमप्रसादकी जेठी छोरी जुनिशाको कोखबाट सुसनको जन्म भएको थियो । १२ वर्षीय सुसनले अहिलेसम्म आफ्नो बुवा पाउन सकेका छैनन् । उनले बुवा चिन्न र देख्न नपाएका हुन् । 

अविवाहित हुँदै जुनिशाले सुसनलाई जन्माएकी थिइन् । सुसनकी हजुरआमा ललिताकुमारी थोक्लिहाङका अनुसार सुभाङ निवासी छवि योङहाङसँगको शारीरिक सम्पर्कबाट जुनिशाले सुसनलाई जन्माएकी हुन् । 

‘नाती जन्मिएपछि छबि योङहाङलाई छोरी जिम्मा दिन खोज्यौं,’ ललिता कुमारीले भनिन्, ‘छबिको घरमा जेठी श्रीमती भएकाले उनले छोरी र नातीलाई स्वीकार गर्न मानेनन् । त्यसपछि उनी हाम्रो सम्पर्कमा छैनन् ।’ 

बच्चा र आमा जिम्मा दिन खोजेपछि छबि सम्पर्कविहीन भएको उनीहरुको आरोप छ । सुसनकी आमा जुनीसाले पोखराका एक पुरुषसँग विवाह गरिसकेकी छिन् । सुसनले  मामली घरमा खोरमा थुनिएर दिन कटाइरहेका छन् । 

सुसनको स्वास्थ्यमा समस्या आएपछि उनी खोरमा थुनिन बाध्य भएका हुन् । सुसनका मामा जुरेर थोक्लिहाङका अनुसार सानोमा सुसन निकै तेजिला थिए । उनी बाल विकास केन्द्रमा पढ्ने गर्थे । ‘भाञ्जो एक दिन अचानक बिरामी भए,’ जुरेनले भने, ‘बिरामी भएर ओछ्यान परेपछि भाञ्जो कहिल्यै उठेनन् ।’ बिरामी परेपछि सुसनको बोली हराएको र मानसिक सन्तुलन गुमेको परिवारको भनाइ छ । सुसन चार वर्षको हुँदादेखि बिरामी परेका थिए । 

‘भाञ्जोको उपचारका लागि हामीले धेरै प्रयत्न गर्यौं,’ जुरेनले भने, ‘उपचार नलागेपछि भाञ्जोलाई खोरमा राख्न बाध्य हुनुपरेको हो ।’  सुसन अहिले कुजिन थालेका छन् । उनी राम्रोसँग हिँड्न पनि नसक्ने अवस्थामा छन् । 

सुसन खोरभित्रै खान्छन् र खोरभित्रै फोहोरमैला गर्छन् । बाहिर निकाल्दा जथाभावी हिँड्ने र लडेर चोटपटक लाग्ने भएकाले सुसनलाई खोरमा थुन्नु परेको उनीहरु बताउँछन् । 

हजुरआमा ललिताकुमारीले सुसनलाई कहिलेकाँही खुवाउने गर्छिन् । ‘उसको बाबुले पनि जिम्मा लिएन,’ ललिता कुमारीले भनिन्, ‘नातीको स्वास्थ्य बिग्रिएपछि मेरो हुर्मत भएको छ ।' राम्रो उपचार पाए नातीले नयाँ जीवन पाउन सक्ने ललिता कुमारीको आशा छ । 

-अन्नपूर्णा पोष्टमा समाचार छ ।
Comments