• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
खेलकुद
नेपाल सुपर लिग:विराटनगरले धनगढीलाई ३-० गोलले हरायो
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८

१२ बैशाख, झापा ।  विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीमाथि शानदार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा विराटनगरले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बलियो मानिएका दुई टोलीबीचको खेलमा विराटनगर अब्बल देखियो ।धनगढीले किरणलाई आइकोनिक प्लेयर र ओलावाले आफिजलाई विदेशी कोटामा टिममा राखेको थियो । तर दुवै खेलाडीको प्रदर्शन सोचे अनुरुप हुन सकेन । पहिलो हाफमा एक गोल गरेको विराटनगरले दोस्रो हाफमा दुई गोल गर्‍यो ।

१५ औं मिनेटमा विक्रम धिमालले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा विराटनगरको सुनिल बलको फ्रिकिक धनगढीका किरण चेम्जोङले बचाएका थिए ।

५४ औं मिनेटमा नीरकुमार राईको पासमा एडालाजा सोमिडेले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा सन्तोष तामाङले सुनिल बलको पासमा गोल गर्दै विराटनगरलाई ३–० को अग्रता दिलाए ।

धनगढीले भने खेलमा खासै राम्रो अवसर बनाउन सकेन । पहिलो हाफमा दर्शन गुरुङको फितलो प्रहार विराटनगरका गोलकिपरले बचाए । यस्तै टंक बस्नेतको प्रहार पोष्ट बाहिर गएको थियो ।इन्जुरी समयमा ओलावाले आफिजले पेनाल्टी बक्सबाट हानेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । जितपछि विराटनगरले ३ अंक जोडेको छ ।

Comments