• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर बन्द
प्रकाशित मिति: शनिबार, बैशाख ११, २०७८

११ बैशाख, झापा ।  कोरोना भाइरसको महामारी दोस्रो लहरमा पुनः वढेसँगै देशभरका प्रायः सबै धार्मीकस्थलहरु बन्द गरिएको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका सबै धार्मीक क्षेत्रहरु बन्द हुने क्रम जारी छ ।

यसैक्रममा ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पनि आजदेखि बन्द गरिएको छ । वैशाख ७ गते नै मन्दिरमा दर्शन बन्द हुने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए ।

मन्दिर बन्द गर्ने निर्णय आजदेखि कडाइका साथ लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’सरकारले यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ ।

Comments