• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
स्वास्थ्य
नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्दै
प्रकाशित मिति: शनिबार, बैशाख ११, २०७८

११ बैशाख, झापा ।  नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ ।

 दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमै स्वाब संकलनसहित पीसीआर परीक्षण गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

मोरङ क्षेत्र नं.३ मा पथरीशनिश्चरे नगरपालिका वडा नं.१, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको वडा नं.४, ५, ६ र ७, बेलबारी नगरपालिकाको वडा नं.१, २, ३, ४, ८ ९, १० र ११ र सुन्दरहरैंचा नगरपालिकाको वडा नं.१, ८, ९, १०, ११ र १२ नम्बर वडा पर्छन् ।

त्यस्तै, मोरङ क्षेत्र नं.६ मा बुढिगंगा गाउँपालिकाका ७ वटै वडासहित सुन्दरहरैंचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ र विराटनगर महानगरपालिकाको वडा नं.४, ५, ६, ७, ११ र १२ समेटिएका छन् ।

 सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सोही अनुसार नोबेलले पनि परीक्षण गर्दै आएको छ । तर, मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने नोबेलले बैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने भएको हो ।

Comments