• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
स्वास्थ्य
केएमसीको तीन शिविरबाट ३६ सय विरामीको निःशुल्क उपचार
प्रकाशित मिति: शनिबार, बैशाख ११, २०७८

काठमाडौं । काठमाडौं मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् ।

खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

खोटाङको हलेसी तुवाचुङ्गको शिविरमा १ हजार ३ सय ५६, रावावेसीमा १ हजार ४ सय ५५ र काठमाडौंको भीमसेन गोलामा सञ्चालित शिविरमा ८ सय ७२ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरहरुमा केएमसीका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै इसीजी, ल्याब र भिडियो एक्सरेसहित सामान्य शल्यक्रिया पनि गरेका छन् ।

 तीन वटै शिविरमा ४८७ जनाको इसीजी, ५३२ को ल्याब टेष्ट र ५१३ को भिडियो एक्सरे गरिएको छ । यता, दाँतमा समस्या भएका ६७ जनाको दाँत खोलिएको छ भने २० जनाको सामान्य शल्यक्रिया गरिएको केएमसीले जनाएको छ ।

ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरी केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरलाई सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

Comments