• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
खेलकुद
नेपाल सुपर लिग आजदेखि सुरु, काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्ने
प्रकाशित मिति: शनिबार, बैशाख ११, २०७८

 नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ साढे ५ बजे काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन् । भोलिदेखि भने हरेक दिन दुई खेल हुनेछन् ।

कोरोना भाइरसको महामारीका कारण खेलहरु बिना दर्शक हुनेछन् । यसैबीच आयोजक आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पुरस्कार राशी सार्वजनिक गरेको छ । सोअनुसार विजेताले ३५ लाख रुपैयाँ पाउने छ ।

उपविजेताले १५ लाख रुपैयाँ जित्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले १ लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार तथा म्यान अफ द म्याचले २५ हजार रुपैयाँ पाउने छन् । राउन्ड रोबिनको आधारमा जेठ १ गतेसम्म हुने लिगमा काठमाडौं र ललितपुरसहित विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।

Comments