• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
स्वास्थ्य
कोरोना विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु, दमकमा बैशाख ८, ९ र १० गते लगाइने
प्रकाशित मिति: मंगलबार, बैशाख ७, २०७८

७ बैशाख, झापा । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सो अवधिमा पहिलो डोज खोप लगाएका व्यक्तिले बैंशाख ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन पाउने छन् ।

पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोप दिइएको थियो । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुले दोस्रो डोजको खोप लगाउने छन् ।

पहिलो चरणमा चार लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट खोप लिन सकिनेछ । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभागका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो ।

सरकारले दोस्रो डोजको खोप लगाउन पहिले लगाएको मिति अनुसार पालो तोकेको छ । जसअनुसार माघ १४, १५, १६, १७ , २६ , २७, २८ र २९ गते पहिलो डोजको खोप लगाएकाहरूले मंगलबार दोस्रो डोज लगाउन पाउनेछन् । यसैगरि माघ १८, १९, २०, २१ , २२ र फागुन २ गते खोप लगाएकाहरूलाई बुधबार माघ २३ र फागुन ३, ४ र ५ गते खोप लगाएकाहरूलाई बिहिबार वैशाख ९ गते, माघ २४ र फागुन ६, ८, ९ गते खोप लगाएकाहरूलाई वैशाख १० गते तथा माघ ३०, फागुन ७ र १० गते खोप लगाएकाहरूलाई वैशाख ११ गते दोस्रो डोजको खोप दिइनेछ ।

गत माघ र फागुनमा पहिलो र दोस्रो प्राथमिकतामा कोरोनाविरुद्ध खोप लगाएकाहरूलाई लक्षित गरेर धरानमा पनि मंगलबारदेखि खोप लगाउन सुरु गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनु भयो । धरानको छाताचोक स्थित पुरानो अस्पतालमा खोप केन्द्र तोकिएको प्रमुख मेहेताले बताउनु भयो । यस्तै मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ ।

पहिलो मात्रा करिब १८ लाख जनाले लगाएका थिए । 

Comments