• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
स्वास्थ्य
पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै
प्रकाशित मिति: मंगलबार, बैशाख ७, २०७८

७ बैशाख, झापा । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको जानकारी दिनु भयो ।

सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर हिजो र आज छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन थालेको छ । उक्त कार्यक्रम अन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढीलाई जुकाको औषधि खुवाइँदै छ ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ । उहका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिकालाई एकवटा क्याप्सुल तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट र दुई वर्षदेखि पाँच वर्षमुनिकालाई एक ट्याबलेट खुवाउने गरिन्छ ।

सरकारले विसं २०५३ बाट भिटामिन ए र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुईपटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ ।

Comments