• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
स्वास्थ्य
निम्स नेशनल अस्पताल दमकमा आजदेखी आईसियु र एनआइसियु सेवा सुरु
प्रकाशित मिति: सोमबार, बैशाख ६, २०७८

६ बैशाख, झापा । झापाको दमकमा रहेको निम्स नेशनल अस्पतालले आईसियु र एनआइसियु सेवा सुरु गरेको छ । 

चार वर्षअघि स्थापना भएको निम्स नेशनल अस्पतालले सेवाग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गर्ने उदेश्यसहित ५ वेडको आईसियु र ५ वेडको एनआईसियु सेवा सुरु गरेको हो ।नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले आईसियु र एनआईसियु कक्षको रिवन काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष कोइरालाले निम्स नेशनल अस्पतालको स्थापनाकालदेखी सेवाग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा दिर्दै आइरहेको बताउनुभयो ।

वहाँले अस्पतालमा १९ जना बिभिन्न बिशेषज्ञ डाक्टरहरुले अस्पतालमा दैनिक सेवा दिइरहेको बताउनुभयो ।अध्यक्ष कोइरालाका अनुसार हालः अस्पतालमा चौविसे घण्टा ६ जना डाक्टरहरु छन् भने विभिन्न डिर्पाटतर्फ गरेर कुल एक सय बढी कर्मचारीहरु छन् ।

चार वर्षअघि भाडामा घर लिएर दमक–९ क्याम्पस मोडमा सेवा सञ्चालन गरेको निम्स नेशनल अस्पतालमा २५ जना सञ्चालकहरु छन् । आगामी वर्ष एक सय बेडको अस्पताल बनाउने लक्ष्य रहेको अस्पतालमा हालः २५ वेडसहितको दुईवटा भवनबाट सेवा सञ्चालन भइरहेको छ ।


 अस्पतालमा बालबच्चको निम्ति मिनी हाइकेयरको एनआईसियु कक्ष रहेको छ । दमकमा सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित व्याक्तिहरुले स्थापना गरेको अस्पतालले आगामी समयमा चौविसै घण्टा भिडियो एक्सेरे र सिटी स्क्यान सेवा ल्याउने तयारी रहेको बताइएको छ । 

Comments