• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
खेलकुद
त्रिकोणात्मक सिरिज : मलेसियामाथि नेपालकाे सानदार जित, कुशल र आसिफ बने 'हिराे'
प्रकाशित मिति: सोमबार, बैशाख ६, २०७८

६ बैशाख, झापा । त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ ।

मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनकाे अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनकाे साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जाेडे ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नाै रन बनाएकाे थियाे ।  मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियाे भने मलेसिया आइतवार (हिजो)नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ । 

Comments