• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस
सुनको भाउमा पुनः वृद्धि
प्रकाशित मिति: शुक्रबार, बैशाख ३, २०७८

३ बैशाख, झापा । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Comments