• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
खेलकुद
झापाको दुम्सेमा आज आदर्श सितोरीयो कराते डोजो खेल तथा प्रशिक्षण सम्पन्न (भिडियो)
प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७७

२८ चैत, झापा ।  झापाको दमक ३ दुम्सेमा आज आदर्श सितोरीयो करा“ते डोजो खेल तथा प्रशिक्षण सम्पन्न भएको छ । दुम्से यूवा विकास संस्थाको आयोजना भएको खेलमा विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।

पूर्व नेपाल करा“ते महासंघका प्रमुख प्रशिक्षक मदन कुमार उप्रेतीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । दमक वडा नम्बर ३ का बालबालीकाहरुलाई लक्षीत गरी खेल तथा प्रशिक्षण आयोजना गरीएको हो ।

खेल क्षेत्रमा विद्यार्थीहरुको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरीएको आयोजक दुम्से यूवा विकास संस्थाका कोषाध्यक्ष टिकाराम राईले जानकारी दिनुभएको छ । 

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष नबिन बरालले पछिल्लो समय महिला हिंसाका घटना बढीरहेका कारण यस्ता प्रशिक्षण महिलाहरुको आत्म रक्षाका लागि सहयोगी हुने बताउनुभएको छ । 

वहाले खेल क्षेत्रको विकासका लागि स्थानिय सरकारले सहयोग र सहकार्य जारी राख्ने बताउनुभएको छ । कार्यक्रममा बालबालिकाहरुलाई खेल सामाग्री समेत वितरण गरिएको छ । 

Comments