• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
मोफसल समाचार
खोटाङको भुलभुले दुधकुण्ड तथा रुवालुङ झरना पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै (भिडियो रिर्पोट)
प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७७

२८ चैत, झापा ।  खोटाङको भुलभुले दुधकुण्ड तथा रुवालुङ झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । 

किराँत तथा हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र रहेको धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि  खोटाङ  जिल्लाको हलेशी पछि दोस्रो धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा बिकास हुँदै गएको छ । 

बाह्रै महिना एक नाशले भूलभुल गरेर बगिरहने सङ्लो पानीमा एकोहोरो कुदि रहने  सयौँ रातो र रंगि बिरगीं माछाहरुसँगै पानी माथी बुढा निलकण्ठको मुर्ती चम्कीएको दृश्य साँच्चै लोभलाग्दो छ ।

भूलभुले दुधकुण्डबाट निस्किएको सात वटा धाराहरु बगिरने पानीमा फोटो खिच्न र मनोरञ्जन गर्नको लागि दिनमा सयौँ भन्दा बढि बाह्रय तथा आन्तरिक पर्यटकहरु  आउने गर्दछन ।

Comments