• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • नेपाल राष्ट्रिय मुुुसर संघको जनसभा जेठ १३ मा हुने
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • कमल गाउँपालिकामा धमाधम टोल विकास सस्था गठन
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
राष्ट्रिय
बादल किन प्रचण्डको कारबाहीमा परेनन् ?
प्रकाशित मिति: बिहीबार, चैत्र २६, २०७७

२६ चैत, झापा ।  नेकपा माओवादी केन्द्रले पार्टी छाडेका सांसदहरुलाई कारबाही गरेको छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पत्राचार गरी सांसद पद नै नरहने गरी निष्काशन गरेको पत्र पठाएको छ ।

निष्काशितहरुमा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशंकर चौधरी छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।

माओवादीले चारजना सांसदमाथि कारबाही गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारबाही गरेको छैन । बादल माओवादी केन्द्र छाडी नेकपा एमालेमा बागमती प्रदेश कमिटीका संयोजक पदमा छन् । उनी राष्ट्रिय सभा सांसद पनि हुन् । माओवादी केन्द्रका तर्फबाट सांसद बनेका बादलमाथि कारबाही नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

कारबाहीको पत्रमा बादलको नाम नरहेपछि धेरैको चासो बढेको छ । उनी कतै माओवादी केन्द्रमै फर्कने सम्भावना त होइन ? तर, बादलले प्रचण्डको चर्को आलोचना गर्दै आएका छन् । उनको फर्कने सम्भावना कम छ ।

बादललाई अर्को चरणमा कारबाही गर्ने सम्भावना पनि रहेको बुझिएको छ ।

Comments