२५ चैत, झापा । सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ।
कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो। अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन्।
पुरुष २२ गते मात्र भारतको गुजरातबाट फर्किएका थिए। मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए।