• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • नेपाल राष्ट्रिय मुुुसर संघको जनसभा जेठ १३ मा हुने
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • कमल गाउँपालिकामा धमाधम टोल विकास सस्था गठन
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
राष्ट्रिय
पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, ५२ पदका लागि झण्डै दुई सय मैदानमा
प्रकाशित मिति: बुधबार, चैत्र २५, २०७७

२५ चैत, झापा ।  नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज बुधबार मतदान हुँदैछ। पहिलोपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट महासंघमा नेतृत्व चयन हुन लागेको हो। २ पदका लागि झण्डै दुई सय जना उम्मेदवार मैदानमा उत्रिएका छन्।

महासंघले केन्द्र, प्रदेश र शाखा कार्यसमितिको निर्वाचनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकारहरुलाई आह्वान गरेको छ। 

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको तीनै तहको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय महासंघले गरेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुुसार गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केन्द्रीय समितिको ४९ र लेखा समितिका तीन गरी ५२ पदमा १९६ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेकोमा एकजनाले फिर्ता लिएका छन्। वरिष्ठ उपाध्यक्षमा चार, महिला उपाध्यक्षमा २, समावेशी उपाध्यक्षमा २, महासचिवमा ४, खुला सचिवमा ६, महिला सचिवमा २, आदिवासी जनजाति सचिवमा ३ जनाको उम्मेदवारी परेको छ। सचिव (मधेसी) मा ४, सचिव (दलित) मा ३, सचिव (एसोसिएट)मा ६ र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठनबन्धनबाट युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ। अध्यक्षमा युनियनकै रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन्। यद्यपि, उनले पोखरेललाई समर्थन गर्ने भन्दै पछि हटेका छन्।

गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बनेको छ। तर अधिकांश पदमा बागी उम्मेदवारीसमेत परेको छ। 

प्रेस चौतारी निर्मला शर्माको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ। प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन बनेको छ। 

पत्रकार महासंघको चुनावमा यसपटक पत्रकार महासंघको नेतृत्व पत्रकारले नै गर्नुपर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिने पनि धेरै छन्। उनीहरूले व्यावसायिक पत्रकारले महासंघको नेतृत्व गर्दामात्रै श्रमजीवीको एजेन्डा सम्बोधन गर्न सकिने बताउँदै आएका छन्।

दुई प्यानलसँगै स्वतन्त्र उम्मेदवारहरु समेत धेरै देखिँदा निर्वाचन रोचक हुने अनुमान गरिएको छ। महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले यसपटकको निर्वाचन फरक समेत हुनेछ। 

Comments