• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • नेपाल राष्ट्रिय मुुुसर संघको जनसभा जेठ १३ मा हुने
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • कमल गाउँपालिकामा धमाधम टोल विकास सस्था गठन
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
राष्ट्रिय
ओखलढुुंगाको मानेभञ्ज्याङ्गमा बोलेरो दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
प्रकाशित मिति: मंगलबार, चैत्र २४, २०७७

२४ चैत, झापा । ओखलढुुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएको छ । गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।  दुर्घटनामा बोलेरोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा गाडीका चालक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीमा सवार मानेभञ्ज्याङ्ग–४ केतुके धुसेनीका टुल्कीमाया मगर, बिना मगर र डोल कुमारी मगरको अवस्था अचेत रहेको प्रहरीले बताएको छ ।

बोलेरो चालक सिद्धिचरण नगरपालिका–१० का कमल थापाको अवस्था भने गम्भीर रहेको र घाइतेलाई उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल घटना स्थलमा प्रहरी पुगेको र घाइतेको उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

सडकबाट करिब ७ सय मिटर तल झरेको गाडी बिहान करीब साढे ९ बजेतिर दुर्घटना भएको भए पनि प्रहरीले १२ वजे खबर पाएको उनको भनाइ छ । दुर्घटनास्थल विकट स्थानमा रहेकोले भर्खर मात्र घटनास्थलमा नेपाल प्रहरीको टोली उद्धार सामग्री लिएर पुगेको छ । दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

Comments