• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • नेपाल राष्ट्रिय मुुुसर संघको जनसभा जेठ १३ मा हुने
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • कमल गाउँपालिकामा धमाधम टोल विकास सस्था गठन
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
राष्ट्रिय
सिक्किममा गएको भूकम्पको धक्का नेपालसम्म
प्रकाशित मिति: मंगलबार, चैत्र २४, २०७७

२४ चैत, झापा । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का  नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।

यता, भारतीय सञ्‍चार माध्‍यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्‍यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

यस्तै बिहारको पटना, किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिएको छ भने दार्जिलिङ समेत गरेर उत्तर बंगलाका कयौ जिल्लामा भूकम्पको झट्का महसूस गरिएकाे छ।

Comments