• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • नेपाल राष्ट्रिय मुुुसर संघको जनसभा जेठ १३ मा हुने
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • कमल गाउँपालिकामा धमाधम टोल विकास सस्था गठन
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
राष्ट्रिय
विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो
प्रकाशित मिति: मंगलबार, चैत्र २४, २०७७

२४ चैत, झापा । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका  श्रमिकको शव स्वदेश ल्याइएको छ ।

आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२  वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हो ।

यसअघि गत माघमा मलेसियाबाट  १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको  थियो । त्यसो त  चालू आर्थिक  वर्ष  २०७७÷०७८  को पहिलो नौ महिनामा  मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान  गुमाएका १६ महिलासहित  ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि  चैत  २२ गतेसम्म  वैदेशिक रोजगारीमा  गएकामध्ये  त्यो  सङ्ख्याले  रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव  स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी  ‍दिए ।

बोर्डका  अनुसार  सो  अवधिमा साउदी  अरबबाट  १७०  वटा  र  कतारबाट  ९५  वटा शव  आएका  छन् ।  यस्तै  सो  अवधिमा  संयुक्त  अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन्  । त्यसैगरी  यस  अवधिमा  दक्षिण  कोरियाबाट पाँचवटा  शव  आइपुगे  भने  जोर्डनबाट  तीनवटा  र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।

Comments