• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • नेपाल राष्ट्रिय मुुुसर संघको जनसभा जेठ १३ मा हुने
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • कमल गाउँपालिकामा धमाधम टोल विकास सस्था गठन
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
राष्ट्रिय
गाउले होटल संचालक मृत्यु प्रकरण, २ जना पक्राउ, धारिलो हतियार प्रयोग भएको प्रहरिको भनाई
प्रकाशित मिति: सोमबार, चैत्र २३, २०७७

२३ चैत, झापा । बिर्तामोडस्थित गाउँले होटेलका सञ्चालक तिलक निरौलाको हत्या वा मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।  

उनको शव मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन चारआली जङ्गलमा आइतबार बिहान फेला परेको हो । दुई दिनदेखि बेपत्ता रहेका ५० वर्षीय निरौलाको मे ९ प २२०९ मोटरसाइकल जङ्गलमा भेटिएपछि खोज्दै जाँदा पूर्वपश्चिम राजमार्गदेखि करिब सय मिटर उत्तर जङ्गलमा उत्तानो परेको अवस्थामा उनको लास फेला परेको थियो । कसैले हत्या गरेर जङ्गलमा लगेर फ्याकेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

शरीरमा चोट देखिएपनि कुन हतियार प्रहार गरेको भनेर प्रहरीले खुलाएको छैन । लास भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । सङ्घीय प्रहरी कार्यालयबाट सिकारी कुकुर झिकाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले लासलाई पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिए ।

यसैबिच प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशङ्कामा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए । उनीहरूको नाम खुलाइएको छैन । आफूहरूले यस घटनालाई गम्भीरताका साथ लिएको बताउँदै घटनामा संलग्न व्यक्ति चाँडै नै पक्राउ पर्ने जानकारी दिए ।

सामान्य काम छ भनी मोटरसाइकल लिएर उनी घरबाट हिँडेको र त्यसपछि बेपत्ता भएर लास फेला परेको परिवारले जनाएको छ । चारआली जङ्गलमा यसअघि पनि धेरै हत्याका घटना भएका थिए ।

Comments