• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै ।
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ ।
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • पर्सामा रसायनिक मलको अभाव, कृषकहरु समस्यामा ।
  • आगामी असोज ३ गते संविधान दिवसमा प्रदेश एकले विभिन्न स्थानमा ठूलो आकारको राष्ट्रिय झन्डा राख्ने ।
राष्ट्रिय
झारजङ्गलले छोपियो अर्बुद रोग निवारण संस्था
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७

क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ । भद्रपुर नगरपालिका–८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ । मूलढोकामा ठूलो ताला लागेको छ । विसं २०५० मा क्यान्सर रोग निवारणका लागि सचेतना जगाउन र बिरामीको उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले भद्रपुरका समाजसेवीहरुले सो संस्थाको जिल्ला शाखा स्थापना गरेका थिए । दाताको सहयोगमा बनाइएको भवन बेवारिसजस्तै बनेको छ । अर्बुद रोग निवारण संस्थाको कार्यालयलाई मेची अस्पतालको निर्माणाधीन भवनको सिमेन्ट थन्क्याउने गोदामका रूपमा प्रयोग गरिएको छ । आजीवन सदस्य र साधारण सदस्य बनाएर संस्थाको कार्यसमिति गठन गरिँदै आएको छ । स्थापनाकालमा थुप्रै कार्यक्रम गरेको समितिको गतिविधि अहिले ठप्प छ । समितिका वर्तमान अध्यक्ष रुद्र भुर्तेलले समितिको बैठक कहिलेकाहीँ बस्ने गरेको बताउनुभयो । कार्यालय भवन फोहर र बस्ने कुर्सी टेबुल नभएका कारण निजी घरतिर बैठक बस्दै आएको उहाँले बताउनुभयो । संस्थाको आफ्नै भवनमा एउटा बैठक र अरु दुईवटा कार्यालय प्रयोजनका कोठा छन् । संस्थामा ६५ आजीवन सदस्य र १५ सदस्यीय कार्यसमिति रहेको अध्यक्ष भुर्तेलले बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार सेवा लिन जाने बिरामीलाई सहुलियतका लागि सिफारिस गर्ने संस्थाको उद्देश्य भएको उहाँको भनाइ छ । तर पछिल्लो समय संस्थाले कसैलाई पनि सिफारिस गरेको छैन । पञ्चायतकामा राजपरिवारका सदस्यको नेतृत्वमा काठमाडौँमा अर्बुद रोग निवारण संस्थाको स्थापना भएको थियो । जिल्लाहरुमा यसको शाखा विस्तार गरिएको हो ।

Comments