झापा । मंगलबार झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटना परि घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी –९ का २३ वर्षिय करण कार्की रहेका छन् । कन्काई –८ बिरिङ पुल स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे ११ प ५७६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा ७९ प ७८८५ नम्बरको मोटरसाईकल आपसमा ठोकीँदा कार्की घाइते भएका थिए । उनको विर्तामोड स्थित वीएण्ड सी अस्पतालमा उपचार सम्भव नभए पछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा समेत उपचार सम्भव पछि भारतको सिलगुडी लाने क्रममा काँकरभिट्टा पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । अर्को मोटरसाईकल चालक दमकका भीमबहादुर लिम्बू र दुवै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेका छन् ।