• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै ।
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ ।
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • पर्सामा रसायनिक मलको अभाव, कृषकहरु समस्यामा ।
  • आगामी असोज ३ गते संविधान दिवसमा प्रदेश एकले विभिन्न स्थानमा ठूलो आकारको राष्ट्रिय झन्डा राख्ने ।
राष्ट्रिय
नेपालमा लगाइएको अक्सफोर्ड एस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीसँगै सङ्क्रमण पनि रोक्छ : अध्ययन
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७

नेपाल लगायत विश्वका धेरै देशमा प्रयोगमा रहेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोरोना विरुद्धको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने दाबी गरिएको छ । यो खोपको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा उल्लेखनीय प्रगति आउनसक्ने वैज्ञानिकले बताएका छन् ।

महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यो खोपले सङ्क्रमण नियन्त्रणमा समेत प्रभाव देखिए पछि महामारीलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । खोप लगाएपछि व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्ति पनि सुरक्षित हुन पुग्ने वैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसले कोरोना महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुने खबरमा दाबी गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो । अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो ।

साथै यो खोपको एकै मात्राको प्रयोगले पनि मानिसलाई कोरोनाबाट राम्रो सुरक्षा दिइरहेको पाइएको अध्ययनले देखाएको छ । पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । अध्ययनमा बेलायत, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सहभागी थिए ।

Comments