• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै ।
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ ।
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • पर्सामा रसायनिक मलको अभाव, कृषकहरु समस्यामा ।
  • आगामी असोज ३ गते संविधान दिवसमा प्रदेश एकले विभिन्न स्थानमा ठूलो आकारको राष्ट्रिय झन्डा राख्ने ।
राष्ट्रिय
ताप्लेजुङमा हिजो भिषण आगलागि, ५ वटा घर जले, ५० लाख बढिको क्षती
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७

ताप्लेजुङ – ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो ।  
सिरिजंघा १ सिनाम डाँडा गाउँका   दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा  घरमा आगो सल्किएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।

Comments