• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
‘युरोपियन माइक्रोफाइनान्स अवार्ड  २०२०’  बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड  २०२०’  बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।  बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।  सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।
 
Comments