• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
शिक्षकको हत्या गर्ने अभियुक्त प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति: आइतबार, कार्तिक २, २०७७

इलामको माई नगरपालिकामा शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । माई नगरपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय पदम बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई असोज २९ गते मृत भेटिएका माई नगरपालिका एक विहीबारे बस्ने शिक्षक पुष्पलाल राईको हत्याको अभियोगमा नियन्त्रणमा लिइएको हो । संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा ‘लैला’ नामको अनुसन्धान गर्न कुकुर झिकाई ट्र्याकिङ गरी राईलाई नियन्त्रणमा लिइएको हो ।

उनले गत असोज २९ गते धारिलो हतियार प्रयोग गरी शिक्षक पुष्पलाल राईको हत्या गरेका थिए । मृतक राईको शवको चेकचाँच तथा मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाइएको थियो ।

राईलाई नियन्त्रणमा लिएर उक्त घटनामा प्रयोग भएका खुकुरी तथा अन्य सबुत संकलन गरी जिल्ला अदालत इलामबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments