• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
कृषिजन्य सामाग्रीको निर्यात बढेपनि भुटान र वंगलादेशसँगको व्यापार घाटा भने बर्षेनि चुलिदै
सुरेन्द्र भण्डारी प्रकाशित मिति: झापा

पूर्बी नाका काँकरभिट्टा हुँदै भारत लगायत तेस्रो देश निर्यात हुँदै आएको कृषि जन्य सामग्रीको निर्यात बढेपनि भुटान र वंगलादेशसंगको व्यापार घाटा भने बर्षेनि चुलिदै गएको छ ।

बंगलादेश तथा भुटानको ट्रेड मेची भन्सार कार्यालय झापासंग मात्र रहेपनि निकासी र पैठारीमा सन्तुलन नहुँदा यि दुई देशहरुसंगको व्यपार घाटा बर्षेनि चुलिदै गएको हो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सात सदस्य राष्ट्र मध्ये नेपालको निकटतम् छिमेकी राष्ट्रको रुपमा रहेको भारतपछि भुटान र वंगलादेश छन् ।

समान भू– राजनीतिक परिस्थितिको सामना गरिरहेका यि दुई विकासोन्मुख राष्ट्रहरुबीच कुटनीतिक सम्वन्ध स्थापित भएसंगै नेपालले भुटान र वंगलादेशसंग पारवहन सम्झौता गर्दै ब्यापार गर्दै आएको छ ।

नेपालमा उत्पादित कृषि जन्य बस्तु निर्यातमा बढावा दिँदै नेपालको अर्थतन्त्र मजवुद बनाउने सरकारको लक्ष्य भएपनि नेपाल– बंगलादेश र  भुटानबीच बर्षेनि ब्यापार घाटा चुलिदै गएको छ ।


नेपालले वंगलादेशसंग ११ प्रतिशत र भुटानसंग एक प्रतिशत कृषि जन्य सामग्री निर्यात गर्दै आएको छ । नेपालबाट कृषि जन्य सामग्री निर्यात गरेपनि वंगलादेशबाट सिमेन्टको कच्च पदार्थ क्लिङ्कर, फाइट, जिप्सन तथा मोटरपार्टका सामाग्रीहरु नेपाल भित्रने गरेको र भुटानबाट धुलो कोइला, रेजिन , भेनियर सिट लगायतका माल बस्तु बढी नेपाल भित्रिएएका कारण  यि दुई देश बीच व्यापार घाटा चुलिएको हो ।

नेपालले भारतलाई ८७ प्रतिशत कृषि जन्य वस्तु निर्यात गर्छ भने वंगलादेश र भुटान बाहेक अन्य देशमा १.५ प्रतिशत मात्र कृषि जन्य  सामगी निर्यात गर्दै आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्बकर्माको भनाई छ ।


भुटान र वंगलादेश संग व्यपार गर्ने एक मात्र भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाबाट वर्षेनि व्यपार घाटा बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा एक अर्ब ४४ करोड व्यपार घाटा ब्यहोरेको नेपालले वंगलादेशसंग गत आर्थिक वर्ष २०७६÷०७७ मा तीन अर्ब ९९ करोड व्यपार घाटा व्यहोरेको भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो ।


मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा कृषि जन्य सामग्रीको  निर्यात बढेपनि व्यपार घाटा भने उस्तै छ । चालू आर्थिक वर्ष यो नाका भएर चिया र अदुवा सबैभन्दा बढी निकासी भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

चालू आर्थिक वर्षको यो अवधिमा पूर्बी नाका काँकरभिट्टा भएर ५१ लाख किलो चिया निर्यात भएको छ । गत वर्ष सोही अवधिमा २३ लाख किलो मात्र चिया निर्यात भएको थियो । 

Comments