• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
विराटनगर महानगरद्वारा वेसाहाराको उद्दार
प्रकाशित मिति: शुक्रबार, आश्विन ३०, २०७७
बिराटनगर । विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरे । विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो । यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ । लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ । उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ । नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष रु २५ लाख दिने गरेको जानकारी दिए ।
Comments